२१ बैशाख २०८१, शुक्रबार

अन्तत: आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित


संसद बैठक फाइल फोटो

काठमाडौं । अन्तत: आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण बैठक स्थगित गरिएतापनि संसद सचिवालयले उक्त कुरा खुलाएको छैन ।

संसद सचिवालयले जारी गरेको सूचनाअनुसार आज बिहान ११ बजे बस्ने तय भएको बैठक ‘विशेष कारणवश’ बस्न नसक्ने उल्लेख गरिएको छ । अर्को बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।

सांसद गिरिको उपचारका क्रममा हिजो शनिबार राति साढे ९ बजे ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो । घाँटीको क्यान्सरबाट पीडित गिरीको उक्त अस्पतालमा उपचारको क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ ।

यस्तो छ हेर्नुहोस् संसद सचिवालयले निकालेको सूचना

संसद सचिवालयले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !