१४ बैशाख २०८१, शुक्रबार

मित्र प्रदीप गिरीको निधनमा निःशब्द छु, छिटै छोडेर जानुभो : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र काँग्रेस नेता प्रदीप गिरीको निधनमा आफू निःशब्द भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज लेख्दै अध्यक्ष भट्टराईले नेता गिरी २०३४ सालदेखि ४५ बर्ष निरन्तर उनीको गहन बौद्धिक विमर्शले आफूलाई ठुलो उर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै नयाँ समाजवादी धारको विकासमा लागेका सबैलाई उनको निधनले ठुलो क्षति पुगेको भन्दै हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् ।

उनले अर्को ट्वीट गर्दै गिरीले छिटै छोडेर गएको भन्दै अहिलेको भीषण वैचारिक खडेरीमा आफूहरुको सहकार्य र सहयात्रा झन् आवश्यक खड्किएको बताएका छन् । उनले टोखाको आफ्नो हाउजिंगमा संगै बसेर सो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने आफूहरुको सल्लाह पूरा हुन नपाएको बताएका छन् ।

भट्टराईले गिरीले राजनीतिमा गहन वैचारिकी र त्यागको छोडेको मानकलाई सधैं रहिरहने बताएका छन् । घाँटीको क्यान्सरबाट पीडित नेता गिरीको गएराति ९ः३० बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा ७४ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !