१९ बैशाख २०८१, बुधबार

प्रचण्ड र बेइजिङ प्रतिनिधि मण्डलवीच भेटघाट


meeting

२६ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान खुमलटारमा चीनको राजधानी बेइजिङका पार्टी उपाध्यक्ष लिजियाङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग भेट गर्दै आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् ।

उनले भने, ‘हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि ‘कनेक्टिभिटी’ नै मुख्य हो । सडकको ‘कनेक्टिभिटी’, रेलको ‘कनेक्टिभिटी’ र सञ्चारको ‘कनेक्टिभिटी’बाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’

उनले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाए । उनले भने, ‘हाम्रो आर्थिक विकासको अभियानमा तपाई चिनियाँ लागनीकर्ताहरुलाई हार्दिक स्वागत छ ।’

उनले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग यही कनेक्टिभिटीका विषयमा छलफल भएको स्मरण गर्दै भने, ‘म दोस्रोपटक प्रधानमन्त्री बनेपछि पनि यही विषयमा राष्ट्रपति सी जिङपिङसँग छलफल गरेको छु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !