२१ बैशाख २०८१, शुक्रबार

नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदम उचित मात्र नभई राष्ट्रियताको रक्षाका लागि कर्तव्य पनि हो : भीम रावल


भिम रावल संसदमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद डा. भीम रावलले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रियताको रक्षाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको कर्तव्य भएको तर्क गरेका छन् ।

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा आज भाग लिदै सांसद रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि कर्तव्य नै भएको बताएका हुन् ।

सांसद रावलले उनले नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रपतिले पुनर्विचार गर्न पठाउँदा संसदीय समितिमा छलफल नगर्ने यही हो त लोकतन्त्रको अभ्यास ? भनेर प्रश्न गरेका छन् ।

उनले राष्ट्रपतिले फिर्ता गरिसकेपछि संसदीय समितिमा छलफल गर्न तयार नहुनु सरकारले अलोकतान्त्रिक अभ्यास गरेको आरोप लगाए । उनले गैरकानुनी नागरिकताको छानविन हुनुपर्ने माग समेत गरे ।

नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा मान्य नहुने भन्दै आपत्ति प्रकट गरेका छन् । उनले नेपालमा विदेशी नागरिक हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा किमार्थ मान्य नहुने बताएका हुन् ।

रावलले पाँच दलीय गठबन्धनले देशमा राजाको जस्तै शासन चलाउन खोजेको बताएका छन् । उनले नागरिकताजस्तो संवेदनशिल विषयमा संसदीय दलमा छलफल हुनुपर्ने भएपनि नभएको भन्दै नागरिकताजस्तो राष्ट्रियताको संवेदनशिल विषयमा ख्याल ठट्टा गर्नु नहुने बताए ।

उनले बालुवारमा बस्ने पाँच दलको संयन्त्र कुन संविधानको कुन धारा अन्तर्गत हो ? भनेर प्रश्न गर्दै बालुवाटारबाट जे फैसला गर्यो त्यो संविधानभन्दा माथि हुन्छ ? भनेर पनि प्रश्नचिन्ह उठाएका छन् । उनले भारत, बंगलादेश र भुटानसहितका बिहे गरेर जाने विदेशीले नागरिकताबाहेक अरु अधिकार मात्रै पाउने व्यवस्था रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !