२३ बैशाख २०८१, आइतबार

माओवादी केन्द्रले आज पार्टी कमिटीहरूलाई पूर्णता दिँदै


नेकपा माओवादी केन्द्र

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आज पार्टी कमिटीहरूलाई पूर्णता दिँदै छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहीबारसम्म पार्टी कमिटीहरूलाई पूर्णता दिने बताएका हुन् ।

हिजो वुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकलाई सम्वोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी अव ढिलाई नगरी टुंगो लगाउने बताएका थिए ।

प्रचण्डले आज पून: स्थायी समिति बैठक राखेर त्यसैमा आफुले पदाधिकारीको प्रस्ताव ल्याउने बताएका थिए । उनले बैठकमा सबैसँग सल्लाह गरेर आज पदाधिकारी प्रस्ताव ल्याउने बताएका थिए ।

गत पुस महिनामा माओवादीको महाधिवेशन सम्पन्न भएपनि अहिलेसम्म पदाधिकारी चयन गर्न नसकेको भनेर अध्यक्ष प्रचण्डको आलोचना हुँदै आएको छ । महासचिवमा बर्षमान पुन र जनार्दन शर्माले जोडदार दावी कायमै राखेकोले प्रचण्डलाई पदाधिकारी छान्न सकस देखिएको हो ।

माओवादीमा १७ जनादेखि २१ जनासम्मको पदाधिकारी बनाउने विषयमा छलफल जारी रहेको एक नेताले बताए । हिजोको स्थायी समिति बैठकमा पोलिटब्यूरो, स्थायी समिति र पदाधिारी चयन सम्वन्धी संगठनात्मक प्रस्तावमा केन्द्रित रहेर छलफल भएको थियो ।

हिजोको बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल गरेको पार्टी प्रवक्ता महराले जानकारी दिएका थिए । महराका अनुसार आज बिहीबार बस्ने बैठकले पार्टीमा पदाधीकारी पनि टुंगो लगाउने तयारी गरेको हो ।

बैठक बिहीबार बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन । अन्य कमिटीहरुले पनि पूर्णता पाउन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !