२४ बैशाख २०८१, सोमबार

नेकपा एसको निर्णय : माओवादीसँग एकता गर्न समिति बनाउने


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि संयोजन समिति गठन गर्ने भएको छ । आज बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको हो ।

आज बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । यस्ता बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ ।

माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार एकीकृत समाजवादीसँग एकता गर्न छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताएका थिए ।

नेकपा (एमाले) बाट विभाजित भएपछि एकीकृत समाजवादीले भदौ ९ गते नयाँ पार्टी दर्ता गरेको थियो । भदौ पहिलो साताभित्र पार्टीले संघ र प्रदेशका लागि उम्मेदवार तय गरिसक्ने निर्णय समेत बैठकले गरेको छ ।

सचिवालय बैठकमा माओवादीसंग कार्यगत एकता वा पार्टी संयोजन गर्नेबारे छलफल भएको हो । एकीकृत समाजवादीले पार्टी एकता संयोजन समिति बनाउने वा कार्यगत एकताका विषयमा छलफल अघि बढाएहो हो ।

एकीकृत समाजवादीले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गृहकार्य थालनी गरेको छ । चुनावपछि पार्टी एकता गर्ने गरी एकता संयोजन समिति बनाउन एकीकृत समाजवादी तयार भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !