२३ बैशाख २०८१, आइतबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै


माओवादी स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने भएको हो ।

आजको बैठकमा आसन्न मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । साथै बैठकमा गठबन्धनमा सिट बाँडफाँटको बारेमा पनि छलफल हुने भएको हो ।

माओवादी केन्द्रले निर्वाचनको लागि घोषणापत्र तयार गर्न नेपाल समाजवादी पार्टीका नेतासहितको एक समिति बनाउने तयारी गरिरहेको छ । यस विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रको चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका सर्तहरूका बारेमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा हिजो बसेको स्थायी कमिटीको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई दलको चुनाव चिह्न दिने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !