१४ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्दै


माओवादी स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्दै छ । माओवादी केन्द्रको हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले अध्यक्षको कार्यव्यस्थताका कारण बैठक सरेको बताएको थियो । आज बस्ने बैठकमा आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्य लगायतका विषयमा छलफल बताइएको छ ।

डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मौखिक सहमति जनाएका छन् ।

उक्त मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारी लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको नेसपाका एक नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !