११ जेष्ठ २०८१, शुक्रबार

काँग्रेस प्रदेश ३ का सांसदहरुको संसदीय अभ्यास सम्बन्धी अन्तर्क्रिया भोली हुने


Nepali Congress Province 3 नेपाली काँग्रेस प्रदेश ३

काठमाडौँ, २५ बैशाख । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको आयोजनामा भोली बुधबार बैशाख २६ गते संसदीय अभ्यास सम्बन्धी एकदिने अन्तर्क्रिया हुने भएको छ ।

नेपाली काँग्रेसका प्रदेश सांसदहरुलाई बजेट अधिबेशन र प्रदेशको संसदीय गतिविधीलाई प्रभावकारी र सशक्त बनाउने उद्देश्यले काठमाडौंको बौद्धमा एकदिने संसदीय अभ्यासः अन्तर्क्रियात्मक कार्यक्रम राखिएको काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता तथा पुर्व गृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपालपत्रलाई  जानकारी दिनुभयो ।

काँग्रेस ३ नम्बर प्रदेशका सदस्यहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले संसदीय गतिविधीमा दलको भूमिका र भावी कार्ययोजनाबारे आफ्ना बुझाई र भनाई राख्नुहुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !