![Nepali Congress Province 3](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/05/Nepali-Congress-Province-3.jpg?fit=784%2C441&ssl=1)
काठमाडौँ, २५ बैशाख । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको आयोजनामा भोली बुधबार बैशाख २६ गते संसदीय अभ्यास सम्बन्धी एकदिने अन्तर्क्रिया हुने भएको छ ।
नेपाली काँग्रेसका प्रदेश सांसदहरुलाई बजेट अधिबेशन र प्रदेशको संसदीय गतिविधीलाई प्रभावकारी र सशक्त बनाउने उद्देश्यले काठमाडौंको बौद्धमा एकदिने संसदीय अभ्यासः अन्तर्क्रियात्मक कार्यक्रम राखिएको काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता तथा पुर्व गृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपालपत्रलाई जानकारी दिनुभयो ।
काँग्रेस ३ नम्बर प्रदेशका सदस्यहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले संसदीय गतिविधीमा दलको भूमिका र भावी कार्ययोजनाबारे आफ्ना बुझाई र भनाई राख्नुहुनेछ ।