८ बैशाख २०८१, शनिबार

गृहमन्त्रीको चिनियाँ राजदूतसँग प्रतिवद्धता : नेपाल एक चीन नीतिको पक्षमा छ

गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट


गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेट भएको छ । आज शुक्रवार बिहान सिंहदरवारस्थित गृह मन्त्रालयमा पुगेर राजदूत यान्छीले गृहमन्त्री खाँणलाई भेट गरेकी हुन् ।

गृहमन्त्री खाँण र राजदूत यान्छीबीच भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ । भेटमा गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन् ।

उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताएका छन् । अन्य छिमेकी मूलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो ।

भेटमा राजदूत यान्छीले हालै अमेरिकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणको स्मरण गराउँदै नेपाल एक चीन नीतिमा प्रतिवद्ध हुनेमा आफू विश्वस्त रहेको गृहमन्त्री खाडलाई सुनाएको स्रोतले बताएको छ ।

प्रतिनिनिधि र प्रदेशसभाको निर्वाचनको घोषणा भएकोमा खुसी व्यक्त गर्दै राजदूत यान्छीले आसन्न निर्वाचनका लागि चीनले सहयोग गर्ने बताएको गृह मन्त्रालयले जनाएको छ । भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताएकी छन् ।

जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !