१९ बैशाख २०८१, बुधबार

मन्त्रिपरिषद्को बैठक आज बस्दै, निर्वाचनको मिति घोषणा गर्ने सम्भावना


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । आज दिउँसो १ बजे सिंहदरबारमा नियमित मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

आजको बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने प्रवल सम्भावना रहेको छ । पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू आउँदो मंसिर ४ गते निर्वाचन गर्न सहमत देखिएका छन् ।

निर्वाचन आयोगले यसअघि नै मंसिर २ गते एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेतापनि प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर ४ गते निर्वाचन गर्ने गर्ने तयारीमा रहेका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते निर्वाचन गर्ने औपचारिक निर्णय गर्ने सम्भावना रहेको हो ।

मन्त्रिपरिषद्को बैठक बस्नुअघि आजै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठकमा निर्वाचनसँगै संसद् अधिवेशन अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !