१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा सिंहदरवारमा मन्त्रीहरु र सचिवहरुसँग छलफल


प्रधानमन्त्री देउवा सिंहदरवारमा मन्त्रीहरु र सचीवहरुसंग

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरु र सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरु र सचिवहरुलाई डाकेर सरकारको कामकारबाहीबारे जानकारी लिएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्ने लाग्दा प्रधानमन्त्री देउवाले मन्त्रीहरु र सचिवहरुलाई आफ्नो कार्यालयमा डाकेर गर्नुलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री देउवाले सिंहदरवारमा मन्त्रीहरु र सचिवहरुसँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा समेत लिइएको छ ।

प्रधानमन्त्री देउवाले सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरु र सचिवहरुलाई डाकेर सरकारको कामकारबाहीबारे जानकारी लिएको ती मन्त्रीले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाले मन्त्रीहरु र सचिवहरुसँग सरकारको कामकारबाहीलाई कसरी जनमुखी बनाउने र विकास निर्माणका कामहरुबारे छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने सम्वन्धमा प्रधानमन्त्रीले नेपाल सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिंदै गरेको जानकारी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले हिजो सरकारले बढाएको महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध काठमाडौँमा ‘विशाल’ प्रदर्शन नै गरिसकेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै एमालेले विरोध प्रर्दशन गरेको थियो ।

सरकारले महँगीलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गरेको थियो । यस्तै अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि साउन १४ गते शनिबार देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा सरकारले बढाएको महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध भन्दै कोणसभा गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु