२ जेष्ठ २०८१, बुधबार

मन्त्रिपरिषद्को बैठक आज बस्दै, चुनावको मिति घोषणा गर्न सक्ने


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको हो ।

आज बस्न लागेको मन्त्रिपरिषद्को नियमित बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्न सक्ने प्रवल सम्भावना रहेको छ ।

निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । निर्वाचन आयोगले आगामी मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !