१४ बैशाख २०८१, शुक्रबार

संसदमा रावलको प्रश्न : सरकार कहाँ छ, यो देशमा छ कि अन्त कतै ?


भिम रावल संसदमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद भीम रावलले नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार कहाँ छ, यो देशमा छ कि अन्त कतै ? भनेर प्रश्न गरेका छन् ।

आज आइतबारको प्रतिनिधिसभा बैठकमा उनले अहिलेसम्म पनि देउवा सरकारले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) अस्वीकृत गरेको पत्र अमेरिकी सरकारलाई नपठाएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

रावलले एसपीपीबारे संसद र संसदीय समितिको सर्कुलरलाई यो सरकारले सुने पनि नसुने जस्तो कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले एसपीपीको सम्बन्धमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन सभामुखले निर्देशन दिएको ५ दिन बितेपनि सरकारले केही जानकारी नगराएकोमा आपत्ति प्रकट गरेका हुन् ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय र संसद्को निर्देशन पनि यो सरकारले नसुनेको उनले बताए । उनले केही दिनअघि आफूले संसदुको रोस्ट्रम छाड्न नमान्नुको तात्पर्य पुष्टि भएको जिकिर गर्दै रोस्ट्रमबाट बोल्दा सुनुवाइ हुन्छ कि भनेर आफूले त्यसो गरेको उनले स्पष्ट समेत पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !