२२ बैशाख २०८१, शनिबार

शंकर पोखरेलको टिप्पणी : प्रधानमन्त्री बन्न प्रचण्ड देश-विदेश दौडिरहेका छन्


शङ्कर पोखरेल फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड’ देशको प्रधानमन्त्री बन्न देश-विदेश दौडिरहेको टिप्पणी गरेका छन् ।

अनलाइन संचार माध्यमका सम्पादकहरूसँगको छलफलमा कुरा गर्दै महासचिव पोखरेलले माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न देश-विदेश दौडिरहेको आरोप लगाएका हुन् ।

महासचिव पोखरेले आफूसंग जनमत नै नभएको दलका नेताले प्रधानमन्त्री बन्ने दौडधुपमा लाग्नु हास्यास्पद भएको समेत टिप्पणी गरे । उनले प्रचण्डले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको समेत बताए ।

माओवादी केन्द्रले १२ प्रतिशत जनमत समेत प्रभावित पार्न नसक्ने बताउदै पोखरेलले जनमत गुमाएकाहरूले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक नभएको तर्फ गर्दै साना दल मुलुकको राजनीतिमा हाबी भएमा मुलुकले सही बाटो समाउन नसक्ने उनले तर्क गरे ।

उनले देशमा तेस्रो-चौथो हैसियतको पार्टीका नेताले प्रधानमन्त्री खोजेर भौंतारिएको सुन्दा नेपालको लोकतन्त्रले सही बाटो नसमातेको देखिएकोले यस्तो अवस्थाबाट देश जोगाउन सवै लाग्नुपर्ने उनले बताए ।

प्रचण्डले गत असर १० गते शुक्रबार नेपाल पर्वतारोहण संघले काठमाडौंमा गरेको कार्यक्रम बोल्दै आफू फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका थिए । उनले देशमा अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै फरि नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरु निर्मूल गर्दै अघि बढने बताएका थिए ।

भर्खरै भारतको भ्रमणबाट स्वदेश फर्किएलगत्तै प्रचण्डले कम्युनिष्ट पार्टीका नेताहरुसंगको भेटवार्तामा तीब्रता दिएका छन् । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले आफू निकट भविष्यमा नै चीनको भ्रमणमा समेत जान लागेको जानकारी दिएका थिए ।

प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका नेताहरुले भित्र-भित्रै रुष्ट भएको प्रचण्डको भारत भ्रमणको क्रममा प्रष्ट झल्किन्थ्यो । त्यसैले पनि भारतीय प्रधानमन्त्री मोदीले अन्तिममा आएर प्रचण्डलाई भेट नदिएको हुनसक्ने एक कोणबाट विश्लेषण गरिएको छ ।

केही दिनअघि मात्र प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रत्यक्षतर्फको १६५ सिटमध्ये ९० सिट आफैसँग राखेर बाँकी ७५ सिट सत्ताधारी अन्य माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालाई बाँडफाँड गर्ने गरेको निर्णयले सत्ता गठबन्धनमा तरंग नै ल्याएको थियो ।

काँग्रेसलाई एकल बहुमत ल्याउनबाट जसरी पनि रोकेर सिटको बाँडफाँड गर्नुपर्ने रणनीति बनाएका प्रचण्ड काँग्रेसको सो प्रस्तावबाट बिच्किएका थिए । अहिले उनले बाम गठबन्धन बनाउने भनेर कम्युनिष्ट पार्टीका नेताहरुसंगको छलफल बढाएर देउवालाई घुर्की लगाउदै दवाव सिर्जना गरिरहेका छन् ।

मोदीले पनि भेट नदिएकोले रुष्ट प्रचण्ड बाम गठबन्धनको एकता कुरा गरेर र निकट भविष्यमा चीनको भ्रमण गरेर भारतीय प्रधानमन्त्री मोदीको समेत शेखी झार्न चाहन्छन् । तर भविष्यमा आफू प्रधानमन्त्री हुन चीन र भारतलाई कसरी रुझाउन उनले सक्छन्, त्यो भने हेर्न कुर्नुपर्ने नै हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !