२३ बैशाख २०८१, आइतबार

कांग्रेस तर्साए झै गरेर रिझाउने र सीट पड्काउने फगत ट्रेडमिल दौड हो : गोकुल बास्कोटा


गोकुल बास्कोटा

काठमाडौँ । चर्चित पूर्वमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सिंहदरबारमा हिजो तत्कालिन नेकपाका ५ शीर्ष नेताहरुबीच भएको छलफलप्रति व्यंग प्रहार गर्दै कांग्रेस तर्साए झै गरेर रिझाउने र सीट पड्काउने फगत ट्रेडमिल दौड मात्र भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै बास्कोटाले साझा कम निजी बढी लाभको जोखानाबाट अभिप्रेरित हुन सक्ने हल्ला गरिएको वाम एकता कांग्रेसी सौर्यमण्डलमा बुध ग्रहको स्थान हासिल गर्ने नौटंकी मात्र भएको टिप्पणी गरेका हुन् ।

उनले एमाले सौर्यमण्डलमा त्यो हाललाई यम ग्रहको टाढा दूरीमा भएको भन्दै तत्काल बाम एकताको सम्भावना नभएको बताएका छन् । बृहत बाम एकताको चर्चा चलिरहेका बेला बास्कोटाको यस्तो धारणा सार्वजनिक भएको हो ।

यस्तै हिजो मात्र एमाले सचिव योगेश भट्टराईले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ जना शीर्ष नेताहरुको छलफलप्रति व्यंगात्मक टिप्पणी गर्दै बाम एकता गर्ने कुरा गरेकोकोले एकता भएमा कम्तीमा कम्युनिष्ट पार्टीका नामका साइनबोर्ड घट्ने बतेका थिए ।

भट्टराईले कम्युनिष्टहरुको एकता भएमा राम्रो हुने तर नभएमा एमालेलाई देखाएर, कांग्रेसलाई तर्साएर आगामी निर्वाचनमा गठबन्धन गरेर तालमेल गर्दा सीटको मोलमोलाई र सामुहिक सौदाबाजीको रोदनमा मात्र हुने बताएका थिए ।

उनले लेखेका छन्, ‘साझा कम निजी बढी लाभको जोखानाबाट अभिप्रेरित हुन सक्ने हल्ला गरिएको वाम एकता कांग्रेसी सौर्यमण्डलमा बुध ग्रहको स्थान हासिल गर्ने नौटंकी हो।एमाले सौर्यमण्डलमा त्यो हाललाई यम ग्रहको दूरीमा छ।कांग्रेस तर्साए झै गरेर रीझाउने र सीट पड्काउने फगत ट्रेडमिल दौड हो,यो।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !