७ बैशाख २०८१, शुक्रबार

एमालेलाई देखाएर, कांग्रेसलाई तर्साएर सीटको मोलमोलाई र सामुहिक सौदाबाजीको रोदन मात्र नहोस् : सचीव भट्टराई


योगेश भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सचिव योगेश भट्टराईले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ जना शीर्ष नेताहरुको छलफलप्रति व्यंगात्मक टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै सचीव भट्टराईले समाचारका अनुसार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक एवं राष्ट्रियसभा सांसद वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बसेर पार्टी एकता गर्ने कुरा गरेकोकोले एकता भएमा कम्तीमा कम्युनिष्ट पार्टीका नामका साइनबोर्ड घट्ने ब्यंग गरेका छन् ।

कम्युनिष्टहरुको एकता भएमा राम्रो हुने तर नभएमा एमालेलाई देखाएर, कांग्रेसलाई तर्साएर आगामी निर्वाचनमा गठबन्धन गरेर तालमेल गर्दा सीटको मोलमोलाई र सामुहिक सौदाबाजीको रोदनमा मात्र हुने बताएका छन् ।

आजै मात्र सचिव भट्टराईले वाम गठबन्धनका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका थिए । उनले नेपाली काँग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन उनीहरूलाई आग्रह गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एक ठाउँमा आउनुको विकल्प नभएको बताएका थिए ।

आज अनेरास्ववियु केन्द्रीय कमिटीको शैक्षिक विभागले आयोजना गरेको अन्तरक्रियामा भट्टराईले विगत डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छाडिदिनुपर्ने बताए । सत्तारुढ गठबन्धनलाई ‘नर्ककुण्ड’को संज्ञा दिँदै उनले तत्काल पार्टी एकता गर्न नसके गठबन्धन गरेर एकै दिशामा जानुपर्ने समेत बताएका थिए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘समाचारका अनुसार कमरेडहरु प्रचण्ड, माधव, जेएन, बामदेब र नारायणकाजी बसेर पार्टी एकता गर्ने कुरा गर्नु भएछ । राम्रो कम्तीमा कम्युनिस्ट नामका साइनबोर्ड त घट्छन । अन्यथा एमालेलाई देखाएर, कांग्रेसलाई तर्छाएर सीटको मोलमोलाई र सामुहिक सौदाबाजी चै फगत कृपा प्राप्तिको रोदनमा मात्र हुनेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !