११ जेष्ठ २०८१, शुक्रबार

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भूसालले लिइन् शपथ


पुष्पा भूसाल शपथ

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भूसाल गौतमले शपथ लिएकी छिन् । आज आइतबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा उपसभामुख भुसाल गौतमले शपथ लिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाल गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सपथग्रहण समारोहमा राष्ट्रपति भण्डारी र सभामुख सापकोटासहित उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत विशिष्ट व्यक्तित्वको समेत उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभाको गत शुक्रबार बसेको दोस्रो सत्रको बैठकले उपसभामुखमा भुसाललाई निर्वाचित गरेको थियो । उनले एमालेको तर्फबाट उपसभामुखको उम्मेदवार बनेकी विद्या भट्टराईलाई पराजित गरी उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !