२२ बैशाख २०८१, शनिबार

प्रचण्डको जिकिर : अर्थमन्त्रीलाई विवादमा तानेर गठबन्धन ढाल्ने षडयन्त्र असफल भयो


प्रचण्ड माओवादी केन्द्रीय समिति बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री जनार्दन शर्मालाई विवादमा तानेर पाँच दलीय सत्ता गठबन्धनलाई ढाल्ने षडयन्त्र असफल भएको जिकिर गरेका छन् ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई आज बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनलाई ढालेर समाप्त पार्ने षड्यन्त्र भएको खुलासा गरेका हुन् ।

अध्यक्ष प्रचण्डले अर्थमन्त्रीलाई विवादमा तानेर गठबन्धन भत्काउने प्रयत्न गरिरहेका शक्तिलाई शर्माले राजीनामा दिएर गतिलो जवाफ दिएको पनि दावी गरेका छन् । प्रचण्डले अर्थमन्त्री शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रर्दशन गरेको समेत बताए ।

उनले पार्टी र स्वयं आफूले शर्मालाई राजीनामा दिन दबाब नदिएको समेत स्पष्ट पारे । वर्तमान सत्ता गठबन्धन भत्काउन विरोधी शक्तिहरु लागेको र अर्थमन्त्रीलाई विवादमा तानेर गठबन्ध ढाल्ने योजनामा रहेकाहरुलाई अर्थमन्त्रीले राजीनामा दिएर उनीहरुको षडयन्त्र विफल पारेको समेत प्रचण्डले दावी गरे ।

प्रचण्डले एमालेभित्र रहेका इमान्दार कार्यकर्ताताहरुलाई आफ्नो पार्टीले स्वागत गर्ने समेत बताएका छन् । उनले एमालेभित्रका इमानदारलाई पार्टीमा समावेश गर्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !