१५ बैशाख २०८१, शनिबार

जस्तोसुकै हमलाको प्रतिकार गर्न माक्र्सवाद समर्थ छ : महासचिव वैद्य


mohan

२२ वैशाख, काठमाण्डौ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले कार्ल माक्र्सको जन्मदिवसको अवसरमा माक्र्सले देखाएको क्रान्ति र मुक्तिको यात्रा पूरा गर्ने बाटोमा अविचलित निष्ठा, साहस तथा दृढसंकल्पका साथ अगाडि बढ्न अपिल गरेका छन् ।

यस्तो छ विज्ञप्ती
प्रेस वक्तव्य

माक्र्सले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढौं !

आज ५ मई कार्ल माक्र्सको जन्मदिवस हो । माक्र्सवादकाप्रवर्तक, विश्व सर्वहारावर्गका महान शिक्षक तथा नेता कार्लमाक्र्सको जन्म ५ मई, १८१८ मा जर्मनी ट्रियरनगरमा भएको थियो । आज माक्र्स जन्मिएको दुई सय वर्ष र माक्र्स ऐगेल्स लिखित कम्युनिष्ट पाटीको घोषणा पत्रप्रकाशित भएको १७० वर्ष पूरा भएका छन् । यी वर्षहरुमा माक्र्सको सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादका रुपमा विकसित हुँदै र भीषण वर्गसंघर्ष तथा अन्तरसंघर्षका आरोह अवरोहमय ऐतिहासिकयात्रालाई पार गर्दै वैज्ञानिक समाजवाद–साम्यवादप्राप्तिको दिशामा सान्दार ढंगले अगाडि बढिरहेको छ । यद्यपि विश्व सर्वहारावर्गले क्रान्ति र मुक्तिको ऐतिहासिक मिसन पूरा गर्ने प्रक्रियामा प्रतिक्रािन्तका अनेकौं धक्काहरु खानु, व्यहोर्नु परेको छ । परन्तु, यो क्षणिक तथा अस्थायी कुरा हो । माक्र्सवाद विश्वसर्वहारा वर्गको मुक्तिको सर्वाङ्गिण तथा अपराजेय सिद्धान्त हो र त्यसको विजययात्रा भीषण संघर्षका बीचबाट अगाडि बढ्ने गर्दछ ।

नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनको इतिहासमा पनि माक्र्सवादको विजययात्रा भीषण संघर्षको प्रक्रियाका बिचबाट अगाडि बढिरहेको छ । माक्र्सवाद विश्वसर्वहारावर्ग र उत्पीडित जनसमुदायको अपराजेय विजयको सैद्धान्तिक हतियार हो । प्रतिक्रियावाद र संशोधनवादले जतिसुकै ठूलो हमला गरुन्, माक्र्सवाद तिनको प्रतिकार गर्दै अगाडि बढ्न समर्थ छ ।

आरदणीय सर्वहारावर्ग तथा उत्पीडित जनसमुदाय र सम्पूर्ण कमरेडहरु माक्र्सले देखाएको क्रान्ति र मुक्तिको महान ऐतिहासिक यात्रा पूरा गर्ने बाटोमा अविचलित निष्ठा, साहस तथा दृढसंकल्पका साथ अगाडि बढौं !

विश्व सर्वहारा क्रान्ति र नेपाली नयाँ जनवादी तथा समाजवादी क्रान्तिको विजय निश्चित छ ।

क्रान्तिकारीअभिवादन, लालसलाम !
मोहन वैद्य(किरण)
महासचिव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !