१२ जेष्ठ २०८१, शनिबार

माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समितिको बैठकमा प्रचण्डले जवाफ दिने


माओवादी केन्द्रीय समितिको बैठक फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थगित भएको जारी केन्द्रीय समिति बैठक आज बस्दै छ । हिजो बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित गरिएपछि आज बुधबार १ बजे बस्न लागेको हो ।

आजको बैठकमा आइतबारवाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने र बैठक समापन गर्ने कार्यक्रम तय गरिएको छ ।

पदाधिकारी चयन लगायतका विषयमा अन्तरिक छलफल गर्न हिजोको बैठक स्थगित गरिएको बताइएको थियो । यसअघि सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !