८ जेष्ठ २०८१, मंगलबार

माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक एकाएक स्थगित


माओवादी केन्द्रीय समितिको बैठक फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठक एकाएक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको हो ।

आज बस्ने भनिएको बैठकमा आइतबारवाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने र बैठक समापन गर्ने कार्यक्रम तय गरिएको थियाे ।

पदाधिकारी चयन लगायतका विषयमा अन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ । यसअघि हिजो सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !