बुद्धनगरको केएमसी होस्टलको क्यान्टिनमा काम गर्ने महिला कर्मचारी मृत फेला Nepalpatraबुद्धनगरको केएमसी होस्टलको क्यान्टिनमा काम गर्ने महिला कर्मचारी मृत फेला
३० श्रावण २०७९, सोमबार

बुद्धनगरको केएमसी होस्टलको क्यान्टिनमा काम गर्ने महिला कर्मचारी मृत फेला


रमा रायमाझी

काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित काठमाडौं मोडेल स्कुल (केएमसी स्कुल) को होस्टलमा क्यान्टिनमा काम गर्ने महिला कर्मचारी मृत फेला फेला परेकी छन् । होस्टलको क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको हो ।

हिजो बेलुका ८ बजेतिर छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । शनिबार बेलुका ७:३० बजेसम्म कोठामा नपुगेपछि आफन्तले खोजी गरेका थिए ।

रायमाझी विगत ५ वर्षदेखि सोही विद्यालयको क्यान्टिनमा कार्यरत थिइन् । उनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सोही होस्टलमा काम गर्ने गरेको खुलेको छ ।

काभ्रे जिल्ला तेमाल गाउँपालिका-७ मेच्छे स्थायी घर भएकी उनको शव शनिबार बेलुकी स्कुलभित्र होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको हो । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्स गोपाल चौधरी सहितको टिम पुगेर अनुसन्धान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !