१३ बैशाख २०८१, बिहिबार

बुद्धनगरको केएमसी होस्टलको क्यान्टिनमा काम गर्ने महिला कर्मचारी मृत फेला


रमा रायमाझी

काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित काठमाडौं मोडेल स्कुल (केएमसी स्कुल) को होस्टलमा क्यान्टिनमा काम गर्ने महिला कर्मचारी मृत फेला फेला परेकी छन् । होस्टलको क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको हो ।

हिजो बेलुका ८ बजेतिर छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । शनिबार बेलुका ७:३० बजेसम्म कोठामा नपुगेपछि आफन्तले खोजी गरेका थिए ।

रायमाझी विगत ५ वर्षदेखि सोही विद्यालयको क्यान्टिनमा कार्यरत थिइन् । उनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सोही होस्टलमा काम गर्ने गरेको खुलेको छ ।

काभ्रे जिल्ला तेमाल गाउँपालिका-७ मेच्छे स्थायी घर भएकी उनको शव शनिबार बेलुकी स्कुलभित्र होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको हो । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्स गोपाल चौधरी सहितको टिम पुगेर अनुसन्धान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !