१३ बैशाख २०८१, बिहिबार

पार्टी घोषणा भएको एक साता नपुग्दै वामदेव गौतम संयोजकबाट निष्कासित


बामदेव गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पार्टीबाट निष्कासित भएका छन् । पार्टी घोषणा भएको एक साता नपुग्दै गौतम संयोजकबाट निष्कासित भएका हुन् ।

उक्त अभियानमा आबद्ध रहेका चार दलको बहुमतबाट गौतमलाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएको घोषणा गरिएको हो । आज शनिबार राजधानीको एक पार्टी प्यालेसमा बसेको उक्त चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई निष्कासन गरी सफलको संयोजकत्वमा सचिवालय समिति गठन गरिएको छ ।

पार्टीमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका अध्यक्षहरूले गौतमलाई निष्कासन गरेको नेता सफलले जानकारी दिए । अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतमलाई ५ बुँदे आरोप लगाएका छन् ।

गौतममाथि सांगठनिक अराजकता, निरंकुशत, तानाशाी शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेको आरोप छ । त्यस्तै अहंकारी सोँच र एकलौटी निर्णय गरिएको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको उनीमाथि आरोप लगाइएको छ ।

उनले केपी ओली, प्रचण्ड, माधव नेपाल लगायतका नेताहरूलाई भेटेर वाम एकताको प्रस्ताव राखेलगत्तै एकलौटी गरेको भन्दै चार घटकले निष्कासन गरेका हुन् । त्यस्तै नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाइ सो शक्ति चरम दुरुपयोग गरी उल्टो उल्लेखित शक्तिलाई सिध्याउने गतिविध गरेको आरोप लगाइएको छ ।

११ सदस्यीय सचिवालयमा कृष्णगोपाल बञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर बञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् ।

गौतमले गत असार १४ गते काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका थिए । उनी चार दिनमै पार्टीबाट निष्कासित भएका हुन् ।

यस्तो छ हेर्नुस् उक्त अभियानका ४ दलहरुले निकालेको संयुक्त प्रेस विज्ञप्ति

संयुक्त प्रेस विज्ञप्ति संयुक्त प्रेस विज्ञप्ति संयुक्त प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

बामदेवद्वारा नयाँ पार्टी घोषणा : पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !