६ बैशाख २०८१, बिहिबार

बामदेवद्वारा नयाँ पार्टी घोषणा : पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान


बामदेवद्वारा नयाँ पार्टी घोषणा

काठमाडौँ । नेकपा (एमाले) का तत्कालिन पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । गौतमले आज मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।

उनको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । गौतम उक्त पार्टीको संयोजक बसेका छन् । पार्टीको सचिवमा डिबी कार्की छन् ।

पार्टीको ८ सदस्यीय सचिवालय पनि घोषणा गरिएको छ । सचिवालय सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !