१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीसमक्ष चार राजदूतले लिए पद तथा गोपनीयताको शपथ


चार राजदूतको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । शपथ लिने राजदूतहरुमा डा. नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) छन् ।

समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !