७ बैशाख २०८१, शुक्रबार

स्थानीय चुनावमा १७५ सिट ल्याउने आंकलन गरिएपनि सोचेको परिणाम आएन : प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा पार्टीले १७५ सिट ल्याउने आंकलन गरिएतापनि सोचेअनुसारको परिणाम आउन नसकेको भन्दै गुनासो गरेका छन् ।

आज बिहीबार ललितपुरका स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा १७० देखि १७५ सिटसम्म ल्याउने आफ्नो पार्टीले अनुमान गरेपनि १२२ सिटमा खुम्चिनुपरेकोमा गुनासो गरेका हुन् ।

उनले माओवादीले ३० पालिकासम्म जित्छ भनेर गलत प्रचार गरिएको स्मरण गर्दै माओवादीको धेरै सिट आयो भनेर बुर्जुवाहरूले जिब्रो टोकेको भनेर व्यंग समेत गर । उनले देशको राजनीतिक धारालाई डोर्‍याउने चावी जनताले माओबादी केन्द्रलाई दिएको दावी समेत गरेका छन् ।

उनले स्थानीय तहको चुनावमा माओबादी केन्द्रको एजेण्डाले जितेको जिकिर गरेका छन् । प्रचण्डले संघ र प्रदेशको निर्वाचन पनि पार्टीको लागि जीवन मरणको लडाइ रहेको बताए ।

प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र वामपन्थीको पहिलो पार्टी बन्ने सम्भावना रहेको भविष्यवादी गरेका छन् । उनले देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बने देशको बागडोर आफूहरुको हातमा आउने बताए । उनले स्थानीय चुनावमै देशको दोस्रो र वामपन्थीमा पार्टी बन्ने सम्भावना फुत्किएकोमा गुनासो समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !