२१ बैशाख २०८१, शुक्रबार

प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा कात्तिक २७ गते प्रस्तावको तयारी


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा कात्तिक २७ गते प्रस्ताव गर्ने आन्तरिक तयारी सुरु गरेको छ । आयोगले आउँदो कात्तिक अन्तिम साता निर्वाचन एकै चरणमा गर्न सकिने निष्कर्षमा पुगेको हो ।

आयोग स्रोतका अनुसार सरकारसँग निर्वाचनका लागि अनौपचारिक छलफल भएको छ । केही दिनमै औपचारिक रूपमा मिति प्रस्ताव गर्ने तयारी भइरहेको आयोगका एक आयुक्तले बताएका छन् ।

एकै चरणमा निर्वाचन गर्दा सुरक्षा चुनौती हुन सक्ने कुरा पनि उठेपनि त्यस्तो सुरक्षा चुनौती नहुने इनले दावी गरेका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने आयोग निर्वाचनका लागि तम्तयार अवस्थामा रहेको बताएका छन् ।

सरकारसँग औपचारिक छलफलपछि मात्र मिति टुंगो लाग्ने उनको भनाइ छ । आगामी मंसिर १० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेको आयोगका पदाधिकारीहरू बताउँछन् ।

आयोगले सरकारसँग मिति प्रस्ताव गरेपछि सरकारले निर्वाचनको मिति तोक्नेछ । यसअघि नै सत्ता गठबन्धनका शीर्ष नेताहरूले कात्तिक अन्तिम साता वा मंसिरमा निर्वाचन हुने बताइसकेका छन् ।

नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ ।

दुई पटकक विघटन भएर पनि सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् । निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गर्दै आएको छ ।

आयोगले मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरेको छ । नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

संविधान अनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ : मन्त्री कार्की

कात्तिक अन्तिम वा मंसीरको पहिला सातासम्म प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनसक्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !