१४ बैशाख २०८१, शुक्रबार

प्रमुख प्रतिपक्षी दलको बिरोधका बाबजुद बजेट पास गर्ने प्रक्रिया अघि बढ्यो


जनार्दन शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बाबाजुद प्रतिनिधि सभाको बिहीबारको बैठकमा आगामी बजेटलाई पास गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचिलाई अगाडि बढाउन लाग्दा एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्री शर्माको विषयमा आफूहरुले अघिल्लो बैठक मार्फत नै संसदीय छानविन समिति गठन गरी गत जेठ १४ गते राती अर्थ मन्त्रायमा अनधिकृत व्यक्तिहरुलाई प्रवेश गराई करका दरहरुमा हेरफेर गर्न लगाएको घटनाको निष्पक्ष छानविन गर्न माग गरिएको स्मरण गराए ।

सांसद ढकालले आफूहरुको सो मागलाई बेवास्ता गर्दै आज अर्थमन्त्रीले समेत जवाफ दिने कार्यक्रम कार्यसूचीमा राखिएकोले यसमा आफूहरुको सहभागिता हुन नसक्ने भएकाले अर्थमन्त्रालयको कार्यसूचीलाई हटाउन माग गरेका थिए ।

सांसद ढकालले बोलिसक्ने बित्तिकै एमालेका सांसदहरु उभिएर विरोध जनाइरहँदा सभामुख सापकोटाले भने अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक, २०७९ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन समय दिएका थिए । अर्थमन्त्री शर्माको जवाफको अवधिभर एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका थिए ।

अर्थमन्त्रीले जवाफ दिनु पूर्व नेकपा(एमाले)का सांसद हृदयेश त्रिपाठीले प्रमुख प्रतिपक्ष दलको बिरोधका बाजजुद बैठक संचालन गरिएमा संसदीय ईतिहासमै गलत नजिर बस्ने भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !