१४ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादीका मन्त्रीहरु बजेट पारित भएलगत्तै फिर्ता हुने


विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु बजेट पारित भएलगत्तै फिर्ता हुने भएका छन् । नेकपा (एस) वाट नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा रहेका मन्त्रीहरु आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधिसभाबाट पारित भएलगत्तै फिर्ता हुने भएका हुन् ।

नेकपा (एस) ले प्रतिनिधिसभाबाट बजेट पारित हुने बित्तिकै पार्टीका मन्त्रीहरु फिर्ता हुने जानकारी दिएको हो । स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले बजेट अनुमोदन भएपछि मन्त्रीहरु परिवर्तन हुने जानकारी गराएका छन् ।

बैठकमा केही सदस्यहरुले मन्त्री परिवर्तन हुने निर्णय कार्यान्वयन किन नभएको भन्दै प्रश्न गरेपछि अध्यक्ष नेपालले सो जानकारी गराएका थिए । बैठकमा स्थायी कमिटीका सदस्य रहेका मन्त्रीहरु बैठकको अन्त्यसम्म बसेपनि सोबारे कुनै धारणा राखेनन् ।

नेकपा (एस) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सरकारवाट फिर्ता बोलाउने निर्णय यसअघि नै गरिसकेपनि बजेट पारित नभएको अवस्थामा उनीहरुको पद थमौती भएको थियो ।

एकीकृत समाजवादीको सचिवालय बैठकले ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव गरिएको थियो । पार्टीको निर्णयसँगै एकीकृत समाजवादीले ४ जना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएर अव अन्य नेतालाई सरकारमा पठाउने प्रस्ताव गरेको थियो ।

नेकपा (एस) को सचिवालय समितिको निर्णयअनुसार एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने प्रस्ताव गरिएको थियो ।

यो पनि पढ्नुहोस्

फिर्ता बोलाउने भनिएका मन्त्रीहरुलाई प्रधानमन्त्री देउवा बोलाए मन्त्रिपरिषद्को बैठकमा

नेकपा (एस) आफ्नो निर्णयवाट पछि हट्यो, मन्त्रिपरिषद् हेरफेर तत्कालका लागि स्थगित

एकीकृत समाजवादीद्वारा सरकारमा रहेका ४ मन्त्री फिर्ता

एकीकृत समाजवादीले टुंगो लगायो नयाँ मन्त्रीको नाम, को कुन मन्त्री बन्दैछन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !