११ बैशाख २०८१, मंगलबार

एकीकृत समाजवादीद्वारा सरकारमा रहेका ४ मन्त्री फिर्ता


विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पार्टीवाट सरकारमा रहेका ४ जना मन्त्री फिर्ता बोलाएको छ । आज आइतबार बसेको पार्टीको सचिवालय  बैठकले ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।

नेकपा (एस) बाट शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइएको हो ।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ भने अव स्वास्थ्य मन्त्री बन्ने भएका छन् । पार्टीको निर्णयसँगै एकीकृत समाजवादीले ४ जना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएर अव अन्य नेतालाई सरकारमा पठाएको छ ।

हिजो शनिबारदेखि चलिरहेको सचिवालय बैठकले सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे निर्णय गरेको हो । एकीकृत समाजवादीले मन्त्रीहरूलाई ६ महिना भनेर पठाइएको र ६ महिनाभन्दा बढी भएकाले उनीहरुलाई सरकारवाट फिर्ता बोलाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !