१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, सांसदले सोधेका प्रश्नको १० मन्त्रीले जवाफ दिने


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०७९ को बारेमा छलफलको क्रममा सांसदहरुले सोधेका प्रश्नको १० मन्त्रीले जवाफ दिने भएका छन् ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअन्तर्गत विनियोजन विधेयक, २०७९ को बारेमा छलफलको क्रममा सांसदहरुले सोधेका प्रश्नको आज यूवा तथा खेलकुद मन्त्री, शहरी विकास मन्त्री, कृषि तथा पशुपंक्षी मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, उद्योग, बाणिज्य मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, परराष्ट्रमन्त्री, खानेपानी मन्त्री, अर्थमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीले जवाफ दिने दैनिक कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम आइतबार सकिएको थियो भने हिजो सोमबारदेखि विनियोजन विधेयकअन्तर्गत शीर्षकमा मन्त्रीले जवाफ दिने सुरु भएको थियो ।

यस्तो छ हेर्नुस् आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूची

प्रतिनिधिसभाको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !