१३ बैशाख २०८१, बिहिबार

फिर्ता बोलाउने भनिएका मन्त्रीहरुलाई प्रधानमन्त्री देउवा बोलाए मन्त्रिपरिषद्को बैठकमा


विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) फिर्ता बोलाउने भनिएका ४ जना मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठकमा बोलाएका छन् । प्रधानमन्त्रीले देउवाले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मन्त्री हेरफेर नगर्ने सहमति भएलगतै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यता फिर्ता बोलाउने भनिएका सबै मन्त्रीहरु तत्कालै पदबाट नहट्ने भएपछि ढुक्क भएर मन्त्रिपरिषद्को बैठकमा सहभागी हुने भएका छन् ।

नेकपा (एस) वाट फिर्ता बोलाउने भनिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ मन्त्रिपरिषद्को बैठकमा सहभागी हुने भएका हुन् ।

सरकारमा रहेका नेकपा (एस) का मन्त्रीहरुको तीव्र असन्तुष्टि र सत्तारुढ दल नेपाली कांग्र‍ेस र नेकपा (माओवादी केन्द्र) ले समेत मन्त्रिपरिषद् हेरफेरमा अनिच्छा देखाएपछि तत्कालका लागि मन्त्रिपरिषद् हेरफेर नहुने भएको हो ।

प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत छलफल जारी रहेकोले संसदमा बजेटको बारेमा उठेको विषयमा मन्त्रीहरुले जवाफ दिने आजदेखि सुरु भएको छ । यसरी संसदवाट बजेट पारित भएपछि मात्र प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् हेरफेर गर्ने मोडमा देखिएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा (एस) आफ्नो निर्णयवाट पछि हट्यो, मन्त्रिपरिषद् हेरफेर तत्कालका लागि स्थगित

एकीकृत समाजवादीद्वारा सरकारमा रहेका ४ मन्त्री फिर्ता

एकीकृत समाजवादीले टुंगो लगायो नयाँ मन्त्रीको नाम, को कुन मन्त्री बन्दैछन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !