२३ बैशाख २०८१, आइतबार

नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलहरूसँग परामर्श


बालकृष्ण खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा सङ्घीय संसद्मा विचाराधिन नेपाल नागरिकता ऐन २०६३ संशोधनका विषयमा सरोकार पक्षबीच छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डेलगायतको सहभागिता थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता विधेयक प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिए । उक्त विधेयकमा नागरिकतालगायत विषयमा सहमति जुट्न सकिरहेको छैन । सरकारले प्रतिनिधिसभाको यही अधिवेशनमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ ।

यसअघि कानुनमन्त्री शर्मा र गृहमन्त्री खाणले नागरिकता विधेयकमा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेका छन् । गृहमन्त्री खाणले सबै दलका प्रमुख सचेतकहरूसँग समेत पटकपटक छलफल गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !