२१ बैशाख २०८१, शुक्रबार

मन्त्री बडुको भनाईप्रति एमालेले जनायो आपत्ति, संसद बैठक १५ मिनेट स्थगित


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको भनाईप्रति नेकपा (एमाले) ले आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई मन्त्री बडूले स्तरहीन भनेपछि एमालेले संसद अवरुद्ध गरेको हो ।

आज शुक्रबार दिउँसो संसद् बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री वडुले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू सरकारमा हुँदा कमिसन खाएको आरोप लगाएपछि एमालेका सांसद् उठेर विरोध गरेका हुन् ।

एमाले सांसद खगराज अधिकारीले नियमापत्ति समेत गरेका थिए । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि काुननमन्त्री बडूले आफ्नो सम्बोधन जारी राखेका थिए । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति जनाउँदै संसद‍को रेकर्डबाट हटाउन आग्रह गरेका छन् ।

एमालेको आपत्तिपछि सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षको माग बमोजिम गलत विषय रहे रेकर्ड हेरेर आवश्यक निर्देशन दिने बताए । एमालेका सांसदले कुर्सीबाट उठेर निरन्तर विरोध जनाएपछि सभामुखले १५ मिनेट संसद् बैठक स्थगित गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !