१५ बैशाख २०८१, शनिबार

सभापति देउवाले भने, ‘पार्टीभित्रै अन्तरघात भएका कारण कांग्रेस हार्‍यो’


deuwaa

१७ वैशाख, धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ लैजान नदिने बताएका छन् ।

धनगढी विमानस्थलमा सोमबार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा दलीय अधिनायकवादत जान कांग्रेस सडकमा उत्रन बाध्य हुने बताएका हुन् । उनले भने,’लोकतान्त्रिक मान्यता र पद्धति विपरीत हिडेर अधिनायकवाद लाद्न खोजिए कांग्रेस सडकमा ओर्लन बाध्य हुनेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापले उनको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको सबैले देखिसकेको आरोप लगाए । उनले भने,’विगतमा आफ्नो भ्रमणका क्रममा धनगढीको गौरीफण्टा नाका खोल्न, डडेलधुराको परशुराममा पुल निर्माण गर्ने, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण हुने जस्ता राष्ट्रहितमा कुरा भए पनि अहिले ती सबै विषय ओझेलमा पार्ने गरी काम भएको छ ।’

चुनावमा पार्टी पराजयका बारेमा सोधिएको प्रश्नको जवाफमा सभापति देउवाले पराजयपछि कार्यकर्ताको मनोबल नखस्किएको दाबी गर्दै दुई पार्टी एक भएर चुनाव प्रतिस्पर्धाको र पार्टीभित्रै अन्तरघात भएकाले चुनावी नतिजा सोचेअनुसार आउन नसकेको स्पष्ट पारे । पदाधिकारी मनोनयनबारे सोधिएको प्रश्नको जवाफमा उहाँले यही वैशाख २१ गते बस्ने बैठकपछि पदाधिकारी नियुक्त गरिने संकेत गरे ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !