१९ बैशाख २०८१, बुधबार

ओलीको प्रश्न : तिब्बती शरणार्थी शिविरमा अमेरिकी मन्त्रीलाई प्रवेश गर्न कसले दियो ?


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविर अवलोकन गरेकोप्रति आपत्ति जनाएका छन् ।

आज बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि सुरु भएको छलफलमा आफ्नो धारणा राख्दै प्रतिपक्षी दलका नेता एव एमाले अध्यक्ष ओलीले अमेरिकी उपविदेशमन्त्री जियाको तिब्बती शरणार्थी शिविर अवलोकनप्रति आपत्ति जनाएका हुन् ।

अध्यक्ष ओलीले नेपालको परराष्ट्र नीतिको स्थापित मान्यताका विपरीत राज्यकै समन्वयमा अमेरिकी उपमन्त्री शरणार्थी शिविर छिरेको भन्दै आपत्ति जनाएका हुन् । अमेरिकी मन्त्रीको नेपाल भ्रमणमा नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने प्रकारको व्यवहार भएको भन्दै ओलीले विरोध जनाएका हुन् ।

अमेरिकी दूताबासका उपप्रमुखसहित उपमन्त्री जियाको टोलीलाई प्रहरीले स्कर्टिङ गरेर गत शनिबार जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरभित्र पुर्‍याएको थियो ।

ओलीले एक चीन नीतिप्रति सरकार प्रतिवद्ध नभएको आरोप लगाए । उनले नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको नीजि विषय नभएको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !