२२ बैशाख २०८१, शनिबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता


सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विषयमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आज मंगलबार संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराइएको बताए । भट्टराई प्रस्तावक रहेको प्रस्तावमा एमाले सांसद यज्ञराज सुनुवार, गणेश पहाडी र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन समर्थक रहेका छन् ।
सार्वजनिक महत्वको प्रस्तावसार्वजनिक महत्वको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !