१४ बैशाख २०८१, शुक्रबार

भरतपुर महानगरको मेयरमा रेनु र उपमेयरमा अधिकारीको जित सुनिश्चित


रेनु दाहाल र चित्रसेन अधिकारी

काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनवाट मेयरको साझा उम्मेदवार बनेकी नेकपा माओवादीकी रेनु दाहाल र गठबन्धनवाट नै उपमेयरको साझा उम्मेदवार बनेका चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ ।

मतगणना गर्न बाँकी रहेको मतभन्दा उनीहरुका प्रमुख प्रतिद्वन्द्वीसँगको मतान्तर बढी भएकोले उनीहरुको जित सुनिश्चित भएको हो । मतगणना सकिन बाँकी नै भएपनि उनीले हासिल गरेको अग्रता गन्न बाँकी मत भन्दा बढी भएको हो ।

यद्यपि मतगणना सकिएपछि मात्र गर्ने भएकोले निर्वाचन आयोगले औपचारिक घोषणा गर्ने भने बाँकी रहेको छ । २९ वडा रहेको भरतपुर महानगरमा आज सोमबार साँझ वडा नम्बर २७ को मतगणना सुरु गरिएको छ ।

भरतपुरको प्राप्त पछिल्लो मतपरिणामअनुसार भरतपुरमा कुल मतदाता १ लाख ८५ हजार भएपनि जम्मा खसेको मत १ लाख २७ हजार ८३९ मतमध्ये १ लाख १६ हजार ६६६ मत गणना सम्पन्न भईसकेको छ । अब गणना हुन बाँकी ११ हजार १७३ मत मात्रै रहेकोले सकेसम्म आज सोमबार रातभर गणना गरेर सम्पन्न गर्ने तयारीमा निर्वाचन कार्यालय रहेको छ ।

दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने विजयी सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन् । मेयर पदमा दाहालले सुवेदीभन्दा ११ हजार ४५७ मत बढी ल्याएकोले अब गन्न बाँकी दुईवटा वडाको मतभन्दा पनि धेरै मतान्तर भएकोले रेनुको जित निश्चित भएको हो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४७ हजार ९५८ मत ल्याएका छन् । उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ प्राप्त गरेकी छन् । अधिकारी प्रतिद्वन्द्वी गुरुङभन्दा २० हजार ३६ मतको फराकिलो अग्रता भएकोले उपमेयरमा अधिकारीको जित सुनिश्चित भएको हो । जित सुनिश्चित भएसँगै भरतपुरमा गठबन्धनले भोलि विजय जुलुस गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु