१९ बैशाख २०८१, बुधबार

यसरी लम्बिँदै छ सरकारको आयु


Kp Oli

काठमाडौं, २६ जेठ–तत्काल राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नरहेपछि केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्बिने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

कांग्रेस एमाले र माओवादीबीच सहमति कायम भई तत्काल राष्ट्रिय सहमतिको सम्भावना कम छ । सहमति नबन्दै सरकारको नेतृत्व लिन किचलो गर्दा नैतिक दबाव बढ्ने डर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छ । एक महिनाअघि कांग्रेसले सरकारको नेतृत्वको लागि माओवादीलाई साथ दिने घोषणा गरेको थियो । तर अन्तिम अवस्थामा माओवादीले धोका दिएको कांग्रेसको निष्कर्ष छ । अहिलेको पोजिसनमा सके सरकारको नेतृत्व गर्ने नसके प्रतिपक्षमा बस्ने रणनीतमिा कांग्रेस देखिन्छ ।

यसैगरी प्रधानमन्त्री केपी ओलीले सजिलै सरकार नछाड्ने बताउँदै आएका छन् । उनले ०७४ मंसिरमा संसदीय चुनाव गराएर सरकार छाड्ने बताउँदै आएका छन् । यसो त माओवादीबाट सरकारमा गएका मन्त्रीहरु पनि तत्काल सरकार परिवर्तनको पक्षमा छैनन् । माओवादी–एमालेबीच भएको तीन बुँदे सहमतिमा सुरुमा एमालेभित्र विवाद भएपनि अहिले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमति बनाउने भन्नेमा एकमत रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !