२३ बैशाख २०८१, आइतबार

बागलुङको प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी


कांग्रेस र माओवादी

बलेवा । स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई पाँच हजार ८२१ मतको फराकिलो अन्तरले पराजित गरे ।

अन्तिम मत परिणामअनुसार श्रेष्ठले १४ हजार ६७८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज पौडेलले आठ हजार ८२१ मत पाउनुभयो । गत स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलसँगै दुई हजार ३०० मतान्तरले पराजित भएका थिए । दोस्रोपटकको आमने–सामनेमा श्रेष्ठले बाजी मारे ।

उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राजु खड्का १२ हजार ४२७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सञ्जय खड्काले आठ हजार ६४ मत पाए । बागलुङ नगरका १४ वटा वडामध्ये ११ वटामा गठबन्धनको तर्फबाट विजयी भए ।

वडा नंं १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले, वडा नंं २ र १० नेकपा (एकीकृत समाजवादी)ले, वडा नंं ४ माओवादी केन्द्रले र वडा नंं १२ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । वडा नंं ५, ६ र ७ भने एमाले निर्वाचित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !