१४ बैशाख २०८१, शुक्रबार

भरतपुरमा रेनुको फराकिलो अग्रता कायमै, जगन्नाथले कटाए ७ हजार मत


रेनु दाहाल, विजय सुवेदी र जगन्नाथ पौडेल

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेकी रेनु दाहालले फराकिलो अग्रता कायमै राखेकी छन् भने नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीले दाहाललाई पछ्याउँदै छन् ।

४६८०६ मत गन्दा माओवादी केन्द्रकी रेनुले एमालेका उम्मेदवार सुवेदीलाई ३३१३ मतले पछि पारेकी छन् । पछिल्लो मत परिणाम अनुसार दाहालले १७७९४ मत प्राप्त गरेकी छन् भने सुवेदीले १४४८१ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेसका बागी भएर स्वतन्त्र रुपमा उम्मेदवार बनेका जगन्नाथ पौडेलले ७१९८ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले २०३४५ मत प्राप्त गरेका छन् भने राप्रपाकी उमेदवार हिमला गुरुङले ११५८९ मत ल्याएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !