१४ बैशाख २०८१, शुक्रबार

विराटनगरमा काँग्रेसका उम्मेदवार कोइरालाले ल्याए २० हजार भन्दा बढी मत


नागेश कोइराला र सागर थापा

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नागेश कोइरालाले फराकिलो अग्रता कायमै राख्दै २० हजार भन्दा बढी मत ल्याएका छन् ।

विराटनगर महानगरको जारी मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २००४६, नेकपा (एमाले) का सागर थापाले १५०४६, स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले ६३६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रल्हादप्रसाद साह हलुवाईले ३८५१ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुख पदमा एमालेकी शिल्पा कार्कीले १७३८६ मत प्राप्त गरी आफ्ना अग्रता कायम राखेकी छन् भने गठबन्धनका जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १०२२५, राप्रपाका विन्दाकुमारी लुइँटेल ४६८१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३६८५ मत प्राप्त गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !