२१ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा गठबन्धनका उम्मेदवार सिहंको दोब्बर भन्दा बढी मतको अग्रता


विजयकुमार सरावगी र राजेशमान सिंह

वीरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ८१३१ मतसहित दोब्बर भन्दा बढी मतको अग्रता लिएका छन् ।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले ३६२२ मतसहित उनीसँग ४५०९ मतले पछि परेका छन् । पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलबीच खासै तालमेल भएको छैन ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) (एस) र जनता समाजवादी पार्टी (जसपा) का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच अर्को समूह बनाएर निवर्तमान् प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !