८ बैशाख २०८१, शनिबार

ललितपुरमा चिरीबाबुको फराकिलो अग्रता कायमै, उपप्रमुखमा एमाले अगाडि


चिरिबाबु महर्जन र हरिकृष्ण व्यंजनकार

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले ७ २१७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३६७४ मत पाएका छन् । उपप्रमुखमा एमालेकी मञ्जलीले ३६७४ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले २ २९२ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म चार वडाको मात्रै परिणाम आएको छ ।

वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन् । हाल वडा नम्बर ४, ६ र ७ को गणना जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !