१४ बैशाख २०८१, शुक्रबार

६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने निर्वाचन आयोगको आँकलन


आचारसंहिता पूर्ण पालना

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज देशभर ६५ देखि ७५ प्रतिशतसम्म मत खस्ने आँकलन गरेको छ । निर्वाचन  आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको बताएका हुन् ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई समय सकिएपनि मतदानस्थल प्रवेश गरेर लाइनमा बसेका मतदाताले भने मतदान गर्न सक्ने आयोगले बताएको छ ।

आज दिउसो साढे ४ बजेसम्म देशभर ५५ प्रतिशतको हाराहारीमा मतदान भएको आयोगले जनाएको छ । देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वले मतदान स्थगित भएको तर रद्द नभएको थपलियाले बताए ।

प्रमुख आयुक्त थपलियाले श्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग नरहेको स्पष्ट पार्दै विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेमा त्यो मान्य नहुने बताए ।

प्रमुख आयुक्त थपलियाले मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना बनाएको बताए । उनले आयोगले जेठ ५ गतेभित्र सबै निर्वाचनको काम सक्ने लक्ष्य राखेको पनि बताए ।

केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको आयोगले जनाएको छ । मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरु हुने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !