१४ बैशाख २०८१, शुक्रबार

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे मतदान


रामचन्द्र पौडेलले गरे मतदान

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए ।

उनले भने, “सङ्घीयता विकासका लागि फलदायी भएको छ स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ ।” वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !