२० बैशाख २०८१, बिहिबार

एमाले उपमहासचिव गुरुङलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


पृथ्वीसुब्बा गुरुङ फाइल फोटो

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मौन अवधिमा एमाले उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गरेको भन्दै आयोगले गुरुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

एमाले उम्मेदवारलाई मत दिएर जिताउन आफ्नो फेसबुक एकाउन्टबाट हिजो बुधबार बिहान एक टेलिभिजनमा दिएको भिडियो अन्तर्वार्ता सेयर गरी आचारसंहिता विपरीत अपिल गरेको विषयमा आयोगले गुरुङलाई स्पष्टीकरण सोधेको हो ।

उक्त कार्यले निर्वाचन आचारसंहिता उल्लंघन भएकाले आयोगले किन कारबाही गर्नु नपर्ने हो ? भन्दै प्रश्न गरेको हो । ‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलङ्घन भएकाले किन कारबाही गर्नु नपर्ने हो?’ आयोगले गुरुङलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !